पोखरामा हुने देश्ना चन्द्र स्मृति कपको तयारी तिब्र
प्रतियोगिता एक हप्ता अघि सर्याे
पाेखरा | जेठ ७, २०८०
पोखरा: पोखरामा आयोजना हुने तेस्रो देश्ना चन्द स्मृति तेस्रो सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगिता २०८० को तयारी तिब्र पारिएको छ ।
पोखरा महानगरपालिका १ स्थित नयाँ गल्ली युवा क्लबको आयोजनामा जेठ १३ देखि २० गतेसम्म हुने प्रतियोगिताको तयारी तिब्र पारिएको आर्थिक संयोजक हिटलर घलेले जानकारी दिए ।
उनले यसअघि जेठ २० गतेदेखि २७ गतेसम्म प्रतियोगिता सञ्चालनको मिति घोषणा गरेतापनि मैदान निर्माणका कारण एक हप्ता अघि सारेको बताए ।
‘प्रतियोगितालाई हामीले घोषणा गरेको मितिभन्दा एक हप्ता अघि सारेका छौं, उनले भने, ‘टुडिखेलको मर्मत संभार तथा दुवो रोप्नका लागि बजेट विनियोजन भएका कारण काम सुरु गरिहाल्नुपर्ने भएकाले आउदौ १३ गतेदेखि प्रतियोगिता खेलाउने छौ ।’
घलेका अनुसार पोखरा पुरानो टुँडिखेल मैदानमा एक साता सञ्चालन हुने सेभेन ए साइड फुटबल प्रतियोगिताको विजेता टिमले १ लाख ५० हजार, उपविजेताले ८० हजारसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
सो प्रतियोगितामा उत्कृष्ट विधागततर्फ नगद राशीले पुरस्कृत गर्ने क्लबका अध्यक्ष शुशिल श्रेष्ठले बताए ।
श्रेष्ठका अनुसार उत्कृष्ट खेलाडीले १० हजार, सर्वाधिक गोलकर्ता, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलरक्षकले जनही ५/५ हजार पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा सहभागिता जनाउनका लागि दर्ता शुल्क ७ हजार निर्धारण गरिएको खेल संयोजक अञ्जन देवकोटाले जानकारी दिए । उनका अनुसार टिम दर्ता फोन (९८०६६०७२७८) बाटैपनि गर्न सकिनेछ ।
भक्तपुर: नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उहाँको निवासबाटै पक्राउ पर्नुभएको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित भाडाको घरमा बस्दै आउनुभएका ओलीलाई आज बिहानै प्रह...
भक्तपुर: पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकलाई प्रहरीले आज बिहान निवासबाटै पक्राउ गरेको छ । जेनजी आन्दोनलको छानबिन गर्न गठित पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वको आयोगले ...
काठमाडौं: नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा १५ सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज नवनियुक्त प्रधानमन्त्री शाहको उपस्थितिमा राष्ट्रपतिको कार्या...

